सोमालियामा कोरोना उपचार सामाग्री बोकेको बिमान दुर्घटना

सोमालियामा कोरोना उपचार सामाग्री बोकेको बिमान दुर्घटना

बैशाख २३ काठमाडौ
कोरोना भाइरसको उपचारका लागि आवश्यक सामग्री बोकेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

सोमालियाका सरकारी अधिकारीका अनुसार विमानमा रहेका चालक दलका सदस्य सहित सबैको मृत्यु भएको हो। विमान अफ्रिकन एयरवेजको थियो।

सोमालियाको राजधानीको पश्चिमी भाग ‘मोगादिशु’ मा विमान खसेको हो। विमान विमानस्थलको नजिकै दुर्घटना भएको बताइएको छ।

विमान दुर्घटनाका कारण अज्ञात रहेको बताइएको छ। मृत्यु हुनेमा सोमालिया र केन्याका नागरिक रहेको त्यहाँका स्थानीय अधिकारीले बताएका छन्। एजेन्सी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार