जनगणनाको परिणाम आज

जनगणनाको परिणाम आज

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ ।

२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले बताउनुभयो । २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

लामिछानेका अनुसार पूर्ण विवरण सार्वजनिक गर्दा जातजाति, भाषा र धर्मबाहेकका सबै विवरण सार्वजनिक हुनेछन् । जातजाति, भाषा र धर्मसम्बन्धी विवरण सार्वजनिक गर्न तयारी नपुगेको र सरोकारवालासँग थप छलफल गर्न बाँकी भएकाले पूर्ण विवरणमा नआउने उहाँले बताउनुभयो ।

पूर्ण विवरणमा भने लिङ्ग र उमेरअनुसारका विवरण, जन्म, मृत्यु, बसाइँसराइ, अपाङ्गता भएका व्यक्तिको विवरण, लैङ्गिक र अल्पसङ्ख्यक, कुल रोजगार र बेरोजगारको विवरण, नेपालमा भएका कुल घर र घरको प्रयोजनका बारेमा पूर्ण विवरणमा समावेश गरिनेछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार