कविता “जलेका मास्टरसाप”

कविता “जलेका मास्टरसाप”

मास्टरसाप जले
आफू जलेर ज्ञानले
राप दिए, ताप दिए
न्यानो पाएर कलिला मुनाहरु फक्रिए

दम छ , खोकिरहन्छन्
प्रेसर छ, सुगर छ, माइग्रेन छ, पाइल्स छ
थाइराइड, युरिक एसिड, पत्थरी, जन्डिस……….
उहिले नौ सय तनखा थाप्ने,
गाउँका मास्टरसाप
निवृत्तिभरणको नजिक छन् ।

स्कुलको खरको छानो आफै छाउथे
घण्टी आफै बजाउथे
शौचालय थिएन।
विद्यार्थीका लागि
हगनगौरीू आफै बनाउथे
स्कूलमा के के लेखिरहन्थे, पाँच बजे निस्कन्थे

खरको छानोलाई टिन हाले
टिन फाले
कङ्क्रिटको महल बनाए
पढेर देशको सेवा गर्न सिकाए
तर पढाएकाहरू
विदेश उडिरहेको विमान हेर्दै
आफ्नै झुपडीको आगनमा
खोक्छन् , खोकिरहन्छन् ।

दियालो सल्काएर
उनी बले
उनी बलेर त गाउँ उज्यालो भयो
उनी बलेकै कारण
अँध्यारा खोँच र खोल्साहरुमा
घाम बोकेर विहानी पुग्यो।

नदिराम केसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार