डिग्रे मन्दिर सरसफाई

डिग्रे मन्दिर सरसफाई

मुसिकोट । सामाजिक कार्य अन्तरगत लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमको आयोजनामा प्रसिद्ध डिग्रे शाईकुमारी भगवती मन्दिरमा सरसफाई गरिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ थर्पुमा रहेको उक्त मन्दिरमा लघुवित्त संस्थाहरु आवद्ध कर्मचारीहरुले आज मन्दिर वरिपरि सरसफाई गरेको मञ्चका महासचिव गोविन्द थापाले जानकारी दिनुभएको छ ।

सरसफाई कार्यक्रममा १० वटा लघुवित्त संस्थाका ३४ जना कर्मचारीको सहभागिता रहेको थियो ।

त्यस्तै मञ्चले मन्दिरको फोहोर संकलनको लागि २ वटा डस्टविन र १० वटा झाडु हस्तान्तरण गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार