रुकुम पश्चिममा बुद्ध जयन्तीको अवसरमा घर-घरमा दीप प्रज्वलन (हेर्नुहोस् फोटोहरु)

रुकुम पश्चिममा बुद्ध जयन्तीको अवसरमा घर-घरमा दीप प्रज्वलन (हेर्नुहोस् फोटोहरु)

बैशाख २५ रुकुम पश्चिम
आज वैशाख पूर्णिमा, शाक्यमुनि बुद्धको जन्म भएको दिन ।  २५६४ औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ देशभर सँगै रुकुम पश्चिमको मुसिकोट नगरपालिका लगायत अन्य सरकारी तथा गैरसरकारी कार्यालका साथै गाउँ-गाउँमा पनि दिप प्रज्वलन गरिएको छ ।  बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

यसपटक कोरोना भाइरसको महामारी र लकडाउनका कारण बुद्धको जन्मदिनको अवसरमा देशभर कुनै औपचारिक कार्यक्रमहरु  हुन सकेन्न।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै सरकारले बुद्ध जयन्तीका दिन सार्वजनिक विदा दिए पनि लकडाउनका कारण यसपटक सार्वजनिक विदाको औचित्य देखिएन ।

 

 

तस्वीर : लक्ष्मण केसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार