झोलुङ्गे पुलमा ताला लगाएपछि बारीमै सढे कृषि उपज

झोलुङ्गे पुलमा ताला लगाएपछि बारीमै सढे कृषि उपज

बैशाख २५ बर्दिया

बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी बिक्री गर्न नपाइएको किसानको गुनासो छ ।

याममा बजारसम्म तरकारी पुर्‍याउने मुख्य बाटो बन्द भएपछि  तरकारी खेतबारीमै कुहिन थालेको छ. । अधिकांश गाउँमा तरकारी लटरम्म फलेका छन् ।

तरकारी बिक्री हुने हाट बजार पनि बन्द भएको र  पुलको वरिपरि जाली बाँधेर ताला लगाइएपछि काँक्रा, फर्सी, बन्दा, काउली आदि टिपेर खेतकै गह्रागह्रामा थुपार्नुपरेको बारबर्दिया –४ का किसान फक्लबहादुर सत्गौलाले बताए ।

एक बिघा आठ कठ्ठा जमीन भाडामा लिएर बेमौसमी तरकारी खेती गर्नुभएका सत्गौलाले तरकारी बिक्री नहुँदा मारमा परेको बताउए ।

सरकारले अत्यावश्यक वस्तुको निर्बाध आपूर्ति गर्ने व्यवस्था गरिने भने पनि झोलुङ्गे पुलमा ताला लगाइएपछि बेमौसमी तरकारी उत्पादक किसानले  व्यापार गर्न पाएका छैनन् । मधुवन खुला सिमानासंग जोडिएकाले मानिसको आवतजावत बढेको जनाउँदै गत चैत १९ गतेदेखि झोलुङ्गे पुलमा ताला लगाइएको हो । – रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार