संयुक्त स्वास्थ्य टिम द्धारा १४ जिल्लामा स्वाब संकलन गर्दै

संयुक्त स्वास्थ्य टिम द्धारा १४ जिल्लामा स्वाब संकलन गर्दै

बैशाख २६ काठमाडौ

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गठन गरेको संयुक्त स्वास्थ्य टोलीले १४ जिल्लाका ५ हजार ३ सयजनाको स्वाब संकलन गर्दैछ । यसका लागि सीसीएमसीकाे संयुक्त टाेली सम्बन्धित जिल्लाकाे लागि शुक्रबार नै हिंडेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल  प्रहरी सहितको टोलीले उदयपुर, बारा, पर्सा र रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा तीन दिन स्वाब संकलन गर्नेछ ।

सीसीएमसीले शुक्रबार नै आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु सहित सैनिक हेलिकोप्टर र सवारीसाधनबाट फरक–फरक टोली सम्बन्धित जिल्ला पठाएकाे हाे । यसरी संकलन भएको स्वाब परीक्षणका लागि सम्बन्धित स्वास्थ्य प्रयोगशाला पठाइने सीसीएमसीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार