डोल्पामा क्‍वारेन्टाइनमा बसेका एक जनाको आरडिटी पोजेटिभ

डोल्पामा क्‍वारेन्टाइनमा बसेका एक जनाको आरडिटी पोजेटिभ

बैशाख २६ काठमाडौ
डोल्पाको त्रिपुरासुन्दरी नगुरपालिका ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेका ६४ वर्षीय व्यक्तिमा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ।
क्‍वारेन्टाइनमा बसेका ३६ जनाको परीक्षण गर्दा उनको रिपोर्ट मात्र पोजेटिभ आएको हो। उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ।

पिसिआर रिपोर्ट नआउन्जेल कोरोना पुष्टि भएको नमानिने भएकाले अहिले नै त्रसित नहुन प्रजिअ सुनारले डोल्पा बासी नागरिकहरुलाई आग्रह गर्नुभएको छ । शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केही महिना बसेर डोल्पा आएको बताएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार