नेपाली भूमि फिर्ता गर्न संसदमा संकल्प प्रस्ताव दर्ता

नेपाली भूमि फिर्ता गर्न संसदमा संकल्प प्रस्ताव दर्ता

बैशाख २८ काठमाडौ
प्रतिनिधिसभाका ६ जना सांसदहरुले आइतवार भारतले अतिक्रण गरेको पश्चिमी सिमानाको नेपाली भूमि फिर्ता ल्याउन संघीय संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन ।

संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा.दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन् ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको उनीहरुले बताएका छन् ।

संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार