एकैदिनमा भारतमा चार हजार बढी कोरोना संक्रमित

एकैदिनमा भारतमा चार हजार बढी कोरोना संक्रमित

वैशाख २९ काठमाडौं
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ का ४ हजार २ सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ६ पुगेको छ ।

अहिलेसम्म भारतमा २० हजार नौ सय १७ संक्रमित निको भएर फर्किसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार