समस्त रुप

समस्त रुप

आवाजहरूको मध्य आकाशमा
गर्जनाको जून मन्तिर
सुस्केराको चातक कथा
वर्तमान एआइको छिद्रबाट
लुकाउँदा लुकाउँदै पनि
छरपस्ट भइदिन्छ

भ्रमहरूको सञ्‍जालीकरणबाट
उत्पन्‍न आधुनिक सम्बन्धको
तीव्र घुलन र उच्छेदनको
आकाशीय पिण्डको वेगमा
नयाँ ग्रह र उपग्रहको सृष्टि
अनौठो लाग्न छोडेको छ

बचेराहरूको गुँडमा
राखेर बाजहरूको फौज
बहुराष्ट्रिय सुरक्षाको उद्घोषणले
नवीन विचार र आकांक्षाको जन्म
अनि आफ्नो स्वार्थ विपरित
शान्तिहरूको जुलुसमा
शान्ति प्रिय जूनले
रातको मौका छोपी
आगोको बमबारी गर्दै छ

अकण्टक मार्ग हुँदासम्म
गतिमा हिडिरहेको सिंह जस्तो
शालीन र भद्र
कुनै कहानीका तानशाही
र भ्रष्ट सत्ताका ठेकेदार
सानो झ्याङको अवरोधले
विस्मात् र भयको आक्रमणले
गर्जन गरिरहेका छन्
र फलाकिरहेका छन् कथनीहरू
देशद्रोही र राष्ट्रघातीको
अनि भनिरहेछन् शान्ति बिथोल्ने आतंककारी

नरेन्द्रकुमार राना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार