रुकुम पश्चिममा दुई जिल्लाका सुरक्षा अधिकारीको बैठक

रुकुम पश्चिममा दुई जिल्लाका सुरक्षा अधिकारीको बैठक

मुसिकोट । रुकुम पश्चिममा बुधबार दुई जिल्लाका सुरक्षा अधिकारीहरुको उपस्थितिमा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा भएको बैठकमा रुकुम पश्चिम र रोल्पा जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको सहभागी रहेको थियो ।

अन्तरजिल्ला सुरक्षा समन्वय बैठकको आयोजना जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गरेको हो । बैठकमा अपराध नियन्त्रण, विकास तथा विपद ब्यबस्थापन योजनालाई थप प्रभाकारी  बनाउने र सुरक्षा संवेदनशिलता लगायतको विषयमा छलफल भएको थियो ।

बैठकले दुई जिल्लाका सिमा नाकामा हुनसक्ने अवैध लागुऔषधको कारोबार, विभिन्न अपराधिक गतिविधि नियन्त्रण र दुई जिल्ला भएर सञ्चालन भएका राजमार्गहरुमा आउन सक्ने सम्भावित अवरोध हटाउनको लागि दुबै जिल्लाको सुरक्षा निकाय मिलेर काम गर्ने निर्णय गरेको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

बैठकमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, दुबै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार