त्रिवेणीका किसानलाई मिनिटेलर

त्रिवेणीका किसानलाई मिनिटेलर

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिएको छ । गाउँपालिकाको कृषि शाखाले किसानहरुका लागि विभिन्न समयमा बिभिन्न यन्त्र र मौसम अनुसारका खाद्यान्न बाली, हिउँदेबाली, तरकारी लगायतका बिउ बिजनहरु वितरण गर्ने गरेको छ ।

जसअन्तर्गत शाखाले बुधबार  गाउँपालिका भित्रका किसानहरुलाई १० थान मिनिटेलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो।

गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुन मगरले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिएको बताउँदै कृषकहरुलाई प्रोत्साहन स्वरुप समय समयमा अनुदानमा कृषि यन्त्र र मौसम अनुसारको बिउ वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १२ जना उत्कृष्ट व्यवसाय गर्ने किसानलाई प्रोत्साहन स्वरुप २२ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार