रुकुम पश्चिममा सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

रुकुम पश्चिममा सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

फाईल फोटो ।

मुसिकोट । नेपाल विद्यालय कर्मचारी परिषद् रुकुम पश्चिमले सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिममा धर्ना दिएको छ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) को सेवा सुविधामा विभेद गरेको भन्दै आज समन्वय इकाईमा नेपाल विद्यालय कर्मचारी परिषद् रुकुम पश्चिमले धर्ना दिएको हो।

धर्नाका साथै विद्यालय कर्मचारी परिषद्ले आजै शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनलाई विभिन्न मागसहित ज्ञापनपत्र समेत बुझाएको छ। सरकार र विद्यालय कर्मचारी परिषद्‌बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाव दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् रुकुम पश्चिमका अध्यक्ष धन बहादुर केसीले बताउनु भयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा–सुविधाबारे ग्यारेन्टी गर्ने कुरा उल्लेख भए पनि बजेटमा समावेश नगरेकाले आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष केसीले बताउनुभयो ।

माग पूरा नभए जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंमा रिले अनशन गर्नुका साथै असार २ गतेदेखि माग पूरा नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार