कांग्रेसले गठन गर्‍यो लगानी पूर्वाधार र रोजगार विशेष समिति

कांग्रेसले गठन गर्‍यो लगानी पूर्वाधार र रोजगार विशेष समिति

बैशाख २ काठमाडौ
नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको छ ।

शुक्रबार कांग्रेसले उद्योगपति तथा पार्टीका नेता विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय विशेष समिति गठन गरेको हो ।

चौधरीको संयोजकत्वमा गठित समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य रहेका छन् ।

सभापति देउवाले सोही निर्णयअनुसार ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार