बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

खडक खत्री , जेठ ४                                             बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो ।                      नरैनापुर–५ नयाँ बस्तीका ती युवक गत वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।             मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभएको  छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार