कर्णालीमा थपिँदै चुनौती

कर्णालीमा थपिँदै चुनौती

जेठ ५ काठमाडौ । लामो बन्दाबन्दी (लकडाउन) पछि भारतमा रेल सेवा सुरु भएसँगै रोजगारीका लागि त्यहाँ गएका नागरिक कर्णाली फर्किन थालेका छन्। भारतमा कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि रोजगारीका लागि त्यहाँ गएका नागरिक धमाधम फर्कन थालेका हुन्।                                                  शनिबार र आइतबारसम्म दुई सय ६८ जना नागरिक कर्णाली भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली भित्रिने प्रमुख नाका बबई हुँदै ती मानिसहरू कर्णाली भित्रिएका छन्।                                                                                                  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार सुर्खेत ५६, दैलेख ९६, जाजरकोट १४, कालीकोट २६, जुम्ला २८ र हुम्लाका एकजना नागरिक भित्रिएका छन्।                                                                                                                 त्यस्तै गरी सल्यान १२ र रुकुम पश्चिमका २६ जना मानिस भित्रिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए। उनका अनुसार भारतबाट आएकालाई सुरक्षित क्वारेन्टाइनमा पु¥याइएको छ। सुदूरपश्चिमको अछामका नौजना नागरिक पनि कर्णाली हुँदै भित्रिएको उनले जनाए।                                                                  भारतबाट आएकालाई जुन गाडीमा आएका थिए सोही गाडीमा सम्बन्धित पालिकाको क्वारेन्टाइनसम्म स्कटिङ गरेर पु¥याएको प्रहरीले जनाएको छ। ‘भारतबाट आएका केही नागरिक गाडीबाट झरेर आफन्त कहाँ वा अन्य कुनै ठाउँ जान सक्ने हुँदा प्रहरीको स्कटिङमा सम्बन्धित पालिका पु¥याउने व्यवस्था गरेका छौं,’ भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता विमला केसीले भनिन्, ‘यस्तो गर्दा जोखिम कम हुन्छ।’ उनीहरूलाई तोकिएको समयसम्म क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गरेर घर जान दिइने प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले भारतबाट आउने नागरिकलाई २१ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने जनाएको छ।                                                                                                                    उनीहरू भित्रिएपछि कर्णालीमा त्रास पनि बढेको छ। हाल कर्णालीबाहेक नेपालका सबै प्रदेशमा कोरोनाको संक्रमण देखिएको छ। अहिलेसम्म कोरोनाबाट अछुतो रहेको कर्णाली भारतबाट आएकालाई व्यवस्थित नगरे संक्रमण भित्रिन सक्ने स्थानीयको भनाइ छ। भारतले रेल सेवा सुरु गरेपछि कर्णालीमा २५ हजारभन्दा बढी नागरिक भित्रिने कर्णाली प्रदेश सरकारले अनुमान गरेको छ।                                                                                        कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राख्ने गरी पूर्व तयारीमा जुट्न स्थानीय तहलाई निर्देशन दिएको छ। ७५ हजारदेखि एक लाखसम्म कर्णालीवासी भारतमा रोजगारीका लागिबताएको छ। लकडाउनका कारण रोजगारी खोसिएको र त्यहाँ रहँदा कोरोना संक्रमणको जोखिम भएकाले उनीहरू घर फिर्ता हुन थालेका हुन्। जोखिमसँगै कर्णालीमा चुनौती पनि थपिएको सुर्खेतका नागरिक समाजका खिम रेग्मीले बताए। ‘पछिल्लो समय भारतबाट आएकाको उचित व्यवस्थापनमा चुकियो भने स्थिति जटिल हुन सक्छ,’ उनले भने, ‘उनीहरूलाई क्वारेन्टाइनमा राख्ने। त्यसपछि पनि केही दिन होम क्वारेन्टाइनमा राख्नु पर्छ।’ नागरिक दैैनिक बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार