राजधानी उपत्यका सबै नाका सिल गर्न गृहको परिपत्र

राजधानी उपत्यका सबै नाका सिल गर्न गृहको परिपत्र

जेठ ८ काठमाडौ
काठमाडौ उपत्यका प्रवेश गर्ने सवै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्ण रुपमा सील गरिने भएको छ । उपत्यकाका नगर प्रमुखहरुसँग बैठक राखेर गृह मन्त्रालयले सवै नाकाहरु सील गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सामग्री बाहेक अरुलाई पूर्ण रुपमा प्रवेश बन्द गरिएको छ । उपत्यका प्रवेश गर्ने सवै नाकाहरु सील गर्ने निर्णयको परिपत्र बिहीबार नै जारी भइसकेको छ ।

बढी जनघनत्व रहेको उपत्यका उच्च जोखिम देखिएकाले अत्यावश्यक काम बाहेक प्रवेश गर्न रोक लगाइएको छ । लुकीछिपी प्रवेश गर्ने कार्य नरोकिएकाले तत्काल कडाइ गर्न परिपत्र गरिएको छ ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्य स्थालहरुमा क्वारेन्टिन बस्ने व्यक्तिहरुको लगत संकलन र अन्य व्यवस्थापन अगाडि बढाउने निर्णय गरेको छ ।

आरडीटी परीक्षण गरी सोको रिपोर्ट आएपछि मात्रै उपत्यका प्रवेश गर्न दिइने भएको छ । आरडीटी परीक्षण भने स्वयम् व्यक्तिले नै बेहोर्नुपर्ने भएको छ ।

बैठकले उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरुको प्रवेश विन्दुमाा आइपुग्न पूर्व नै सुरक्षा निकायले विशेष निगरानीमा रोक्ने निर्णय गरेको छ । यस्तै, उपत्यकाका स्थानीय तहहरुले स्थानीय प्रशासनमा लुकिछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी, लगत संकलन आवश्यक कार्बाहीको प्रक्रिया शुरु गरिने भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार