स्वास्थ्य मन्त्रालयमा अब आधा कर्मचारी मात्रै

स्वास्थ्य मन्त्रालयमा अब आधा कर्मचारी मात्रै

जेठ ८ काठमाडौ
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा अबदेखि आधा कर्मचारीले मात्रै नियमित काम गर्ने भएका छन्।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै भिडभाड कम गरी सावधानी अपनाउनका लागि मन्त्रालयले आधा मात्रै कर्मचारी बोलाउने निर्णय गरेको हो।

मन्त्रालयले उप–सचिव तह भन्दा तलका कर्मचारीलाई एक दिन बिराएर काममा आउने व्यवस्था मिलाएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले बताए।

उनले भने, ‘धेरै कर्मचारी आउँदा भिडभाड हुने र जोखिम थप बढ्ने भएकोले आधा कर्मचारीलाई मात्रै मन्त्रालय आउने व्यवस्था मिलाइएको छ।’

पछिल्लो समय कोरोना संक्रमितको संख्या बदै गर्दा कोरोना भाइरसविरुद्धको उपचार तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीमा नै संक्रमण देखिन थालेपछि मन्त्रालयले सवधानी अपनाएको महाशाखा प्रमुख विष्टले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार