थप ९ जनामा कोरोना संक्रमण

थप ९ जनामा कोरोना संक्रमण

जेठ ९ काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाेे छ ।

बारामा ६ जना र भक्तपुर,मकवानपुर र सप्तरीमा एक/एक जना संक्रमित थपिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनु भयाे ।

बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् ।शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै २१ जना निको भएका छन् ।

हालसम्म निको भएकाहरुको संख्या ७० पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार