बारामा एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्‍टि

बारामा एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्‍टि

जेठ ११ काठमाडौ
बारामा आइतबार थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पण्डितले भने, ‘उनको जेठ ७ गते यहीँ परीक्षण गरिएको थियो । तर संक्रमितको सूचीमा उनी सर्लाहीको देखिन गएको रहेछ ।’
यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमध्ये दुई जना शनिबार डिस्चार्ज भएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार