भारतबाट आएका ७० जनालाई क्वारेन्टाइनमा राखियो

भारतबाट आएका ७० जनालाई क्वारेन्टाइनमा राखियो

जेेेठ ११ रुकुुुम पश्चिम
पछिल्लो पटक कामको सिलसिलामा जिल्ला छोडेका सर्वसाधारणहरु जिल्ला भित्रीन थालेका छ्न । कामको शिलसिलामा रुकुम छोडेका रुकुम पश्चिमका आठबिसकोट, मुसिकोट, त्रिबेनि, सानिभेरी लगायतका सर्वसाधारणहरु भारत र नेपालका विभिन्न ठाउमा रुकुम पश्चिममा आउने क्रम शुरु भएको छ ।                   यसैबीच रुकुम पश्चिमका सबै स्थानीय तहहरुले जिल्ला र गाउमा फर्किने सर्वसाधारणहरुलाई बसाई ब्यबस्थापनका लागि क्वारेन्टाइन निर्माण हरे बसाल्न थालेका छन । आठबिसकोट नगरपालिकाका विभिन्न स्थान बाट रोजगारिका लागि भारत गएका ७० जनालाई आज आदर्श माबी ज्यामिरकोटमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । आफुहरुलाई स्थानीय वडा र नगरपालिकाले क्वारेन्टाइनको ब्यवस्थापन गरि आफुहरुलाई सुरक्षीत बसालेकोमा स्थानीय सरकार प्रति खुसी ब्यक्त गरेका छन । आफुहरु धेरै दुख पाएकोले अब आफ्नै जन्मभुमि पुगेकोले निर्धक्क भएको बताएका छन । यता गाउलेहरूले भने सरकार र क्वारेन्टाइनमा बस्ने दुवैपक्षलाई धन्यवाद दिएका छन ।                               कोहि पनि सर्वसाधारणहरुले असुरक्षा महसुस नहुने वातावरण तयार गर्नुपर्नेमा समेत सुझाव दिएका छन । भारत बाट आउने नेपाली दाजुभाईलाई क्वारेन्टाइनको ब्यवस्थापन गरि सबैको सुरक्षाको प्रत्याभूति गराएकाेमा दुवैपक्षलाई धन्यवाद दिएका हुन । साथै कोरोनाको एक मात्र उपचार भनेको लकडाउन नै भएकोले सबैले पालना गर्नुपर्ने बताएका छन ।                                             सबै स्थानीय तहहरुले समयमै क्वारेन्टाइन निर्माण गरि थप सतर्कता अपनाउन थालेको र सबैले क्वारेन्टाइन निर्माणका लागि सरकारलाई आ आफ्नो ठाउ बाट सक्दो सहयोग गर्नुपर्नेमा नेकपाका आठबिसकोट अध्यक्ष हरिप्रसाद शर्माले जोड दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार