‘गाँउलेले चारैतिरबाट घेरा हालेर आक्रमण गरे बाध्य भएर भेरीमा हाम फाल्यौ’

‘गाँउलेले चारैतिरबाट घेरा हालेर आक्रमण गरे बाध्य भएर भेरीमा हाम फाल्यौ’

राजेन्द्र कार्की । जाजरकोट

‘शनिवार बेलुका करीब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती पुग्यौ । भेरी नगरपालिका ४ रानागाँउका नवराज विकका लागी केटी भगाउन भन्दै त्यहाँ गएका थियौ । केटीको घरमा नपुग्दै हामी आएको पहिले नै थाह पाईसकेका रहेछन् । चारैतिरबाट घेराबन्दी गरेर महिला सहित आएका गाँउलले हाम्रो टोली माथि एक्कासी आक्रमण गरे । केही ज्यान जोगाउन भन्दै भेरीमा हाम फाले कोही भागे, कोहीलाई लखेटी लखेटी कुटपिट गरे’ जाजरकोटको टोली सँगै गएका भेरी नगरपालिका ४ खलंगाका सुदीप खड्का भने ‘पुरै गाँउ उर्लेर आएका थिए । ठकुरीकी छोरी लिन खोज्ने साले डुमहरु भन्दै साथीहरुलाई निकै कुटपिट गरे । मलाई पनि कुटे । मरे मरुला भनेर भेरीमा हाम फाले । पौडी खेलेर नदी तरे । गाँउका केटाहरु नदीको वारीपट्टी नै आएर पनि कुटपिट गरे । घाईते थिए । त्यसपछि प्रहरी आएर लग्यो दुई दिन चौरजहारी मिसन अस्पताल उपचार गराएर सोमवार घर आएका उनले भने ‘आफ्नै ज्यान कसरी जोगाउने भन्ने भयो अरु साथीहरुको अवस्था के भो थाहै भएन ।’

त्यस्तै सँगै गएका भेरी नगरपालिका ४ का सरोज भडेल पनि भागेर ज्यान जोगाएको बताए । गाँउ पुग्ने वित्तिकै गाँउ नै उर्लेर आयो । महिला केटाकेटी सवै थिए । उनीहरुका हातमा र्चिपट र हसिया लगायतका घरेलु हतियार पनि थिए । साथीहरु भागे । कसैले पनि प्रतिकार गरेनन् उनले भने ‘कोही नदीमा हाम फाले । कोहीलाई समातेर कुटपिट गदै थिए । भागेर ज्यान जोगाए । घटनाको केही समय पछि १२ जनालाई प्रहरी आएर चौरजहारी लिएर गयो ।’ अन्य सात जनालाई कुटपिट गरेर भेरीमा फालिदिएको उनको आशंका छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा शनिवार बेलुका भएको घटनामा बेपत्ता भएका ६ जना मध्य थप एक जनाको सव भेरीको किनारमा फेला परेको छ । भेरी नगरपालिका ४ का गणेश बुढाको सव फेरा खोला नजिक भेरी किनारमा सोमवार फेला परेको हो । यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यस अघि पस्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नम्वर १ का टीकाराम सुनार र जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकको सव फेला परिसकेको थियो । रुकुम चौरजहारीका गोपाल बुढाथोकी आईतवार नै सम्पर्कमा आईसकेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए । भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भैरहेको डिएस्पी श्रेष्ठले बताए ।

नवराजकी प्रेमिका पस्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीकी १७ वर्षिय सुस्मा मल्ललाइ वेहुलीको रुपमा भित्र्याउन शनिवार १९ जना युवा सहित गाउँ पुगेका वेला वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेटी लखेटी आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही घाईते र सँगै गएकाहरुले पुरै गाँउ नै उर्लेर आएको र घेरा हालेर कुटपिट गरि ६ जनालाई भेरीमा फालिदिएको बताएका छन् । घटना पछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरवहादुर मल्ल, केटीका (बुवा) वीरवहादुर मल्ल र आमा प्रकाशी मल्ल, नवराजकी प्रेमिका सुष्मा मल्ल सहित १५ जनालाई नियन्त्रणमा लिएको छ ।

अनपुर्णकर्मी घटना स्थल पुग्दा अधिकांशले बोल्न चाहेनन् । बोलेकाले पनि आफुहरुलाई घटनाबारे थाह नभएको बताए । सोतीका एक स्थानिय बासिन्दाका अनुसार जाजरकोटबाट केटाहरु आएका थाह पाएपछि गाँउमै भलिबल खेलिरहेका युवाहरु र खानेपानी सम्बन्धि बैठकमा बसेका युवा, महिला र अन्य पुरुषहरु केटाहरुलाई आक्रमण गर्न गएका थिए । केही समय अघि मात्र प्रेमिकाको घरमा पुगेका नवराजलाई नियन्त्रणमा लिएर कुटपिट गरि ईलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए । त्यहाँ नवराजका आमाबुवालाई बेलाएर आइन्दा यो सम्बन्ध नबढाउने भन्दै लिखित कागज समेत गराईएको थियो ।
नवराज सहितको युवा समुहलाइ तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरि ढुङ्गा मुढा प्रहार गदै लखेटेर भेरीमा फालिदिएकोे प्रत्यक्षदर्शीको भनाइ छ ।

मृतकको सवको पोष्र्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको र घटनाबारे गहिरो अनुसन्धान भैरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले बताए । तर पिडित पक्षले सव नबुझ्दा पोष्टमार्टम हुन सकेको छैन । पिडित पक्षले घटनाको जाजरकोट प्रहरीले अनुसन्धान गर्नु पर्ने , जाजरकोट अदालतबाटै मुद्धा चलाईनु पर्ने , दोषीलाई कारवाही हुनु पर्ने, बेपत्ता सवैको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राख्दै सब बुझ्न इन्कार गर्दा सवको पोष्टमार्टम हुन सकेको छैन ।

यसैवीच, पिडित पक्ष र दलित अधिकारकर्मीहरुले घटनालाई मोड्न खोजीएको भन्दै सत्यतथ्य छानवीन गर्न माग गदै सोमवार बेलुका जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले नाराजुलुस सहित बजार परिक्रमा गरेर दोषीलाई कारवाहीको माग गदै प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।
नेपाली काँग्रेस रुकुम पश्चिमले एक विज्ञप्ती प्रकाशित गरी जघन्य घटनाको निन्दा एवं भत्र्सना गदै घटनालाई राजनैतिक रंग नदिन र घटनाको सत्यतथ्य छानवीन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ । संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन माग गदैै एक्काइसौ शताब्दीमा भएको यो घटना मानव जातीको लागी लज्जास्पद कलंक भएको जनाएको छ । नेकपा रुकुम पश्चिमले पनि विज्ञप्ती प्रकाशित गरि घटनाको सत्यतथ्य छानवीनका लागी एक समिति गठन गरेको जनाएको छ ।

नेकपाका नेताहरु जनार्दन शर्मा, शक्ती बस्नेत, निरज आचार्य, भैरबसुन्दर श्रेष्ठ, मायाप्रसाद शर्मा, नेपाली काँग्रेसका राजिव विक्रम शाह लगायतका नेताले घटनाको निश्पक्ष छानवीन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार