साेति घटनाका दोषीलाई उन्मुक्ति दिए जनअदालतबाटै कारबाही गर्ने : नेकपा विप्लव

साेति घटनाका दोषीलाई उन्मुक्ति दिए जनअदालतबाटै कारबाही गर्ने : नेकपा विप्लव

जेठ १५ काठमाडौं

जेठ १० गते रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा चार जनाको ज्यान गएको र दुई जना बेपत्ता भएको घटनाका दोषीलाई उन्मुक्ति दिए जनअदालतमार्फत कारबाही गरिने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले चेतावनी दिएको छ।

बुधबार पार्टीका प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत नेकपाले उक्त चेतावनी दिएको हो। उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने, बेपत्ताहरूको अवस्था सार्वजनिक गरिनुपर्ने, पीडित परिवारका सदस्यहरूलाई राहतको व्यवस्था गरिनुपर्नेजस्ता माग नेकपाले राखेको छ।

उक्त घटनाको सत्यतथ्य छानबिन नगरी दोषीलाई उन्मुक्ति दिने काम भएमा जनताको जनअदालतमा प्रवेश गराएर काम कारबाही गराइने चेतावनी पार्टीले दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार