चौरजहारी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग

चौरजहारी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग

जेठ १६ काठमाडौ । नेपाल पत्रकार महासंघले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध भएको महासंघले ठहर गरेको छ।

‘मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको महासंघको ठहर छ’ महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ। सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघ सरकारको गम्भीर ध्यानार्कषण गराउँदछ।’

साथै, सोही घटनाका विषयमा भ्रामक समाचार सामग्री संप्रेषण नर्गन र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्रीमात्र संप्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकहरुलाई महासंघले अपिल पनि गरेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सत्यतथ्यमा आधारित अभिव्यक्ति सम्प्रेषण गर्न महासंघको आग्रह छ।

विज्ञप्ति

मिति : २०७७।०२।१५
जातीय विभेदलाई लिएर पश्चिम रुकुमकोचौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरी घटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिकव्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा घटेको यो घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुुनुका साथै मानवताविरुद्धको जघन्य अपराध हो । मानव सभ्यतालाई नै कलंकित बनाउने यस किसिमका घटनाले मुलुकमा विद्यमान कानुनी शासनको समेत धज्जी उडाउने र समाज कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडागरेको महासंघको ठहर छ । महासंघ जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाकोनिष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षणगराउँदछ । सिङ्गो समाजलाई नै स्तब्ध बनाउने यस किसिमका आपराधिक घटना दोहोरिन नदिन महासंघ सरकारको गम्भीर ध्यानार्कषण गराउँदछ ।

साथै, सोही घटनाका विषयमा भ्रामक समाचार सामग्रीसंप्रेषण नर्गन र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्रीमात्र संप्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकहरुलाई महासंघ हार्दिक अपिल गर्दछ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सत्यतथ्यमा आधारित अभिव्यक्ति सम्प्रेषण गर्न महासंघ आग्रहगर्दछ ।

रमेश विष्ट
महासचिव

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार