साेती घटनामा संलग्न अपराधी उम्कन पाउँदैनन् : डिआईजी पन्त

साेती घटनामा संलग्न अपराधी उम्कन पाउँदैनन् : डिआईजी पन्त

राजेन्द्र कार्की । जेठ १९ जाजरकोट

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जो सुकैलाई पनि कारवाहीको दायरामा आउन बताए । उनले शनिवार घटनास्थलको स्थलगत अवलोकन गरी पिडित परिवार सँग भेटघाट गरेका छन् । पिडित परिवारले घटनाको निश्पक्ष छानवीन गरि अपराधमा संलग्नलाई हदै सम्मको कारवाही हुनु पर्ने माग गरेका छन् । हामी गरीव र निमुखाले आफ्ना निर्दोष सन्तान गुमाएका छौ । हाम्रो पहुँच कतै छैन सर मेरा छोराको हत्यारालाई कारवाही भएको सुन्न पाउँ । न्याय नमरोस । मेरा छोरा जस्ता सयौ नवराजहरु दलित भएकै कारण मारिनु नपरोस नबराजकी आमा उर्मिलाले भनिन ‘प्रहरी र न्यायलय प्रति ठुलो विश्वास र भरोसा छ ।’

छोरा गुमाएका बलबहादुर विकले घटनालाई तोडमोड गर्न खोजिएको भन्दै आक्रोस पोखे । उनले भने ‘सवै पौडी खेल्न सक्ने केटाहरु हुन । कुटपिट गरेर मारेर फालिएको छ तर नदीमा आफै बगे भनेर घटनालाई सामान्य बनाउन खोजिएको छ । यो कुरा हाम्रोलागी सहय हुँदैन । सत्यतथ्य छानवीन होस । हामीलाई न्याय दिलाईयोस । दोषी उम्किन नपाउन ।’

डिआईजि पन्तले घटनाको निश्पक्ष छानवीन हुने बताए । उनले भने ‘तपाईहरु ढुक्क हुनुहोस । छानवीन निश्पक्ष हुन्छ । दोषी सजायको भागिदार हुन्छ । तपाईहरुले न्याय पाउनुहुन्छ । मैले अनुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई निर्देशन दिईसकेको छु ।’ शनिवार नै हाल सम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायव महानिरीक्षक पन्तलाई बुझाएको छ । उनले घटनाको सत्यतत्य छानवीन गर्न निर्देशन दिदै अपराधीलाई कुनैपनि हालतमा उम्कन नदिन प्रहरीले निश्पक्ष भएर काम गर्नु पर्ने बताए । डिआईजी पन्त सँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सहितको उपस्थिति समेत रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार