कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण, प्रदेशभर १ सय ६६ संक्रमित

krishi
Duduwa Corona

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण, प्रदेशभर १ सय ६६ संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  

जेठ १९  काठमाडौ

कर्णाली प्रदेशमा जुम्लाका दुई जना प्रहरी सहित थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए ।

जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् ।

योसँग दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ भने कर्णाली प्रदेशभर १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार