सोती घटनाको विरोधमा देशभर प्रदर्शन

सोती घटनाको विरोधमा देशभर प्रदर्शन

जेठ १९ काठमाडौ

लकडाउनका बाबजुद  पनि पश्चिम रुकुमको चौरजहारी–४, सोतीमा भएको घटनाको देशभर विरोध प्रर्दशन भइरहेको छ। विभिन्न जिल्लाका दलित अधिकारवादी संघसंस्थाको संयोजनमा नारा जुलुस, बजार परिक्रमा गर्दै दोषि माथि कडा कारबाहीको माग गरेका छन ।

जिल्लाका विभिन्न पार्टीका नेता, नागरिक समाज, पत्रकार, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । आईतबार उक्त घटनाको बिरोधमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत प्रदर्शनमा सहभागि हुनुभएको थियो ।

अधिकारकर्मीहरुले पहिलो चरणमा जिल्ला प्रशाासन घेराउ तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएका छन ।

गत जेठ १० गते भएको सोती घटनामा गाउँलेको कुटाइबाट ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । किटानी जाहेरीमा नाम उल्लेखित दुईजना फरार रहेका प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार