भैरहवा भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भए

भैरहवा भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भए

जेठ १९ काठमाडौ
भैरहवाको भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।  कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताउनु भयाे ।

१४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुई पटक सम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको डा. दर्नालले बताउनु भएको छ ।

उपचारपछि निको भएर आजै अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे,अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादा लगाइदिएर पुष्पगुच्छा दिएर बिदाइ गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार