सोती घटनाको अनुसन्धान सीआईबी गर्ने

सोती घटनाको अनुसन्धान सीआईबी गर्ने

जेठ १९ काठमाडौं
पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा भएको घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटाइएको छ। सिआइबीले स्थानीय प्रहरीलाई टेक्किनल सपोर्ट गर्नुका साथै अनुसन्धानमा सहयोग पुर्‍याउने छ।

केही दिनअघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले सिआइबीको टोली पठाउने बारे प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसँग कुरा गरिसकेका थिए। गृहमन्त्रीकै निर्देशनपछि प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको सिआइबीलाई  पश्चिम रुकुम – जाजरकोट खटाइएको हो।

जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय  नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेम बसेको थियो।

तल्लोको जातको केटा भएको भन्दै किशोरीका परिवारले उनीहरुको विवाह अस्वीकार गरेको आरोप छ। त्यसपछि केटीकै आग्रहमा नवराज सहित १९ जना युवा ती किशोरीलाई लिन जेठ १० गते उनको घर जाँदा परिवार र स्थानीयले लखेटीलखेटी कुटपिट गरेर हत्या गरेको आरोप लागेको छ।

यस्तै गृह मन्त्रालयले बनाएको सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको उच्चस्तरीय समितिले समेत घटनास्थल पुगेर काम थालिसकेको छ। समितिमा सहसचिव बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सह अनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिवद्वय वशिष्ट घिमिरे र माधव ढकाल रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार