मानव अधिकार आयोग सँग नबराजका बुवाले भने : विरामी छु बयान लागी जाजरकोमै ब्यवस्था मिलाइ दिनु

मानव अधिकार आयोग सँग नबराजका बुवाले भने : विरामी छु बयान लागी जाजरकोमै ब्यवस्था मिलाइ दिनु

राजेन्द्र कार्की, जेठ २० जाजरकोट

पाँच जनाको ज्यान जाने गरी पश्चिम रुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागी राष्ट्रिय मानव अधिकार आयोगको टोली जाजरकोट पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जका उप निर्देशक चन्द्रकान्त चापागाईको नेतृत्व आएको टोलीले घटनाको सम्बन्धमा स्थानिय प्रशासन, प्रहरी, पिडित परिवार र सरोकारवालालाई भेटघाट गरेको छ । टोलीले घटनामा परि ज्यान गुमाएका नवरावका आमाबुवा, सन्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो ।

पिडित परिवारले आयोग समक्ष घटनाको निश्पक्ष अनुसन्धान र छानवीन हुनु पर्ने , घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने लगायतका माग राखेका छन् । दलित भएकै कारण मेरा छोराको हत्या गरिएको हो नबराजका बुवा मुनलाल विकले भने‘हत्यारालाई कारवाही भएको देख्न पाउँ । घटनाको सत्यतथ्य छानवीन होस । अपराधी उम्किन नपाउन ।’ आफु विरामी भएको तर बयानका लागी रुकुम जानु पर्ने बाध्यता भएकोले मिल्ने भए जाजरकोटमै बयान गर्ने ब्यवस्था मिलाई दिन मुनलालले आग्रह गरे । उनले रुकुमको मुसिकोट जाँदा बाटोमा असुरक्षा हुन सक्ने भन्दै सुरक्षाको पनि माग गरे ।

त्यस्तै सञ्जीव विकका बुवा बलबहादुरले केटाहरुलाई नियन्त्रणमा लिएर वर्वर तरीकाले हत्या गरि नदीमा फालेको बताउँदै घटनामा संलग्नलाई हदै सम्मको सजाय गर्न माग गरे ।

स्थलगत अध्ययन टोलीका संयोजक चापागाईले पिडित परिवारलाई घटनाको सत्यतथ्य छानवीन र अनुसन्धानका लागी आयोगले विशेष निगरानी र पहल गरिरहेको जानकारी दिएका छन् । संयोजक चापागाईले न्याय पाउनेमा पिडित परिवारलाई आवश्वास्त पादै भने ‘हामीले घटनापछि हरेक घटनाक्रमलाई सुक्ष्म ढंगले नियाली रहेका छौ । यस अघि नै घटनाको सत्यतथ्य छानवीनका लागी सरकारलाई निर्देशन समेत दिईसकेका छौ । स्थलगत अध्ययन पछि प्राप्त तथ्यलाई समेटेर प्रतिवेदन पनि तयार पाछौ । सरकारलाई दिन्छौ । हाम्रो खवरदारी निरन्तर जारी रहन्छ ।’ यस अघि पनि आयोगले रुकुम र जाजरकोटका अधिकारकर्मी सम्मिलित टोलीले घटनाको स्थलगत अध्ययन गरि प्रारम्भिक प्रतिवेदन बुझाईसकेको छ । घटना जातिय विभेद र प्रेम सम्बन्धले निम्तिएको आयोगको निश्कर्ष छ । गंभिर मानवअधिकार उलंघनको वर्वर घटना भएको आयोगको ठहर छ । मंगलवार टोली रुकुम प्रस्थान गर्ने कार्यक्रम छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार