केएमसीका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

केएमसीका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

जेठ २० काठमाडौ

मगलबार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको जानकारी दिए।

केएमसीका ४ स्वास्थ्यकर्मीसहित २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार दिउसो साढे ४ बजेसम्म देशभरमा २०९९ जनामा संक्रमण देखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार