दैलेखमा थप १०५ जनामा कोरोना संक्रमण

दैलेखमा थप १०५ जनामा कोरोना संक्रमण

जेठ २२ काठमाडौ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा बिहीबार दिउँसो सम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका १ सय ५ र मुगुका एकसहित १ सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

क्रमित हुनेमा दैलेखको नारायण नगरपालिकामा ६९, देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा योसहित संक्रमितको संख्या २ सय १० पुगेको छ ।

कर्णाली प्रदेशमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय ८४ रहेको छ भने दैलेखमा एक जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार