लकडाउनको सदुपयोग गर्दै युवाहरु बाटो निर्माणमा

लकडाउनको सदुपयोग गर्दै युवाहरु बाटो निर्माणमा

जेठ २२ रुकुम पश्चिम
कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि देश लकडाउनमा छ । सर्वसाधारण व्यवसाय, अध्ययन, नोकरीलगायतका काम छाडेर घरभित्रै बसेका छन् तर रुकुम पश्चिमको एक गाउँका युवाहरु भने कोरोना सङ्क्रमणको सतर्कता अपनाउँदै सुरक्षित तरिकाले विकास निर्माणका काममा जुटेका छन् । यसको उदाहरण हो रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ ज्यामिरकोट टाकुरा ।

यहाँका युवाहरूले लकडाउनको समयको सदुपयोग गर्दै सुरक्षित तरिकाले श्रमदान गरि स्थानीय घोरेटो बाटो निर्माण गरेर गाउँलाई विकाससँग जोडेका छन् ।

युवाहरूले जनबिकास माबि ज्यामिरकोट टाकुरा जाने बाटो निर्माण गरेका हुन । दुईदिन लगायर करिब १५ जना युवाहरूले ५० हजार बराबरको काम स्थानीय बाटो निर्माण गरिदिएका हुन ।

साथै युवाहरुले बिद्यालयको सरस्वती मन्दिर र कृयाप्रुती बस्ने घर पनि बनाउने एक युवा बालकृष्ण मल्लले बताउनुभयो । अब गाउको बिकास गर्न आमाबुबाको मात्र युवाहरू भर पर्न नहुने अर्का युवा आदर्श मल्लले बताउनुभयो । दुईमहिनादेखी गाउमा कुनै नया मान्छेको आगमन नभएको र कोहि पनि बिरामी नपरेकोले सामान्य कामकाजमा युवाहरु फर्कीएका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार