कोरोना संक्रमणबाट दुईको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि

कोरोना संक्रमणबाट दुईको मृत्यु भएको मन्त्रालयद्वारा पुष्टि

जेठ २४ काठमाडौं
कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल सेतीमा डायलाइसिसका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस रोग कोभिड १९ पोजेटिभको पुष्टि भएको छ । मिर्गौला रोग पीडित धनगढी ४ की ५५ वर्षकी महिलाको डायलासिसका क्रममा मृत्यु भएको थियो ।

उहाँको जेठ २३ गते दिउँसो १२ बजे डायलाइसिस गर्दै गर्दा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले महिलामा कोरोनाका कुनैपनि लक्षण नदेखिएको तर पछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको बताउनुभयो । यो संगै कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

हालसम्म यो दुई संख्या गरी कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक गरी १३ जनाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार