गाउँमा सिँचाई कुलो निर्माण भएपछि खुशीयाली

गाउँमा सिँचाई कुलो निर्माण भएपछि खुशीयाली

संगम केसी, जेठ २६ रुकुम पश्चिम
गाउँ नजिकै वर्षभरी बग्ने खोला भए पनि सिँचाईको अभाव भएको रुकुम पश्चिमको बाँफिकोटको गाउँपालिका काे एक गाउँमा वर्षौं पछि सिँचाई सुविधा पुगेको छ। गाउँपालिका-३ कोलचौरका स्थानीयहरुले सिंचाई सुविधा पाएका छन्। यसअघि आफ्नै गाउँ नजिकै खोला बग्ने भए पनि उनीहरुले राम्रोसँग सिंचाईको उपयोग गर्न पाएका थिएनन्।

गाउँले आफैले सिँचाई निर्माण गर्न सम्भव नभएपछि सिँचाई निर्माण गरिदिन पटक-पटक विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा माग गर्दै आएका थिए। तर कतैबाट सिंचाई निर्माणको लागि काम सुरु हुन सकेको थिएन। स्थानीयको माग अनुसार कृषि विकास कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा सिंचाई कुल निमार्ण भएको हो । २०५६ सालमा निमार्ण भएको उक्त सिचाई कुलाे लामो समय सम्म मर्मत हुन सकेको थिए ।

जम्मा २५ लाख ४३ हजार १ सय ९६ रुपैयामा सम्पन्न भएको उक्त सिंचाई योजनामा कृषि विकास कार्यालय बाट २१ लाख २५ हजार अनुदान रहेको थियो भने स्थानीयले ४ लाख १८ हजार १ सय ९६  बराबरकाे श्रमदान गरेका थिए । यस सिंचाई कुल बनेपछि यहाँका ७० घरधुरी लाभान्वित भएको निमार्ण समितिका अध्यक्ष कुल बहादुर खत्रीले बताएका छन । उनका अनुसार गाउँमा सिँचाई पुगेपछि यहाँका स्थानीयहरु खुशी भएका छन्। अब आगामी वर्ष खेतबारीमा गहुँवालीमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने अध्यक्ष खत्रीले बताए ।

सिंचाई अभावले गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने स्थानीयको आशा रहेको छ। सिँचाई कुलो निर्माण गर्दा यहाँका स्थानीयले गाउँमै स्थानीय रोजगार समेत पाएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार