आफ्नै शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीको मृत्यु

आफ्नै शरीरमा आगो लगाएका अस्पतालका कर्मचारीको मृत्यु

जेठ २६ काठमाडौ
पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका अछाम बयालपाटा अस्पतालका कर्मचारी सिदार्थ आउजीको मृत्यु भएको छ । सोमबार बिहान अस्पतालको गेटमा गएर आफ्नो शरीरमा आगो लगाएपछि उनलाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो । अस्पताल पुर्‍याएको आधा घन्टामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

उनले घर नजिकैको बयालपाटा अस्पतालमा चर्पी सरसफाइ गर्नका लागि विज्ञापन खुलेपछि उनले निवेदन दिएर काम पाएका थिए ।

अस्पतालले आर्थिक संकट भएको भन्दै उनी लगायत ३२ कर्मचारीलाई अस्पतालबाट निकाल्ने सूचना करार सम्झौता सकिनु दुई महिनादेखि जानकारी गराएका थिए । अस्पतालबाट हटाइएको बेलादेखि नै उनी मानसिक तनावमा थिए । फेरि अस्पतालले काम दिन्छ कि भनेर जाने गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार