तिलोत्तमामा भएको हत्याको तत्काल छानबिन गर्न माग

तिलोत्तमामा भएको हत्याको तत्काल छानबिन गर्न माग

जेठ २७ काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा प्रतिनिधि  सभाका सासद छविलाल विश्वकर्माले रुपन्देहीको तिलोत्तमा-१० मैनहियामा सोमबार राति भएको ५ जनाको हत्याको घटनाको छानबिन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘यो हत्याको निष्पक्ष छानबिन होस् । अपराधीलाई हदैसम्मको दण्डित गर्ने व्यवस्था होस् । छानबिनको प्रक्रियालाई तत्काल तीब्रताका साथ अगाडि बढाउन माग गर्दछु ।’

सांसद विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।  सोमबार राति रुपन्देहीको तिलोत्तमास्थित गंगादेवी पशु फार्ममा ५ जना श्रमिकको हत्या भएको थियो । स्थानीय श्रमिकको हत्याको घटनाले आफू मर्माहत भएको सांसद विश्वकर्माले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार