रुकुममा आरडीटी नेगेटिभ देखिएपछि ७१ जनालाई घर पठाइयो

रुकुममा आरडीटी नेगेटिभ देखिएपछि ७१ जनालाई घर पठाइयो

जेठ २७ काठमाडौ
रुकुम पश्चिमको एक क्वारेन्टाइनमा बसेका ७१ जनाको आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ । जिल्लाको आठबिसकोट नगरपालिका- १४ स्थित आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका ७१ जनालाई आज घर पठाइको हो ।

नगरपालिकाको पहलमा जेठ ११ गते भारत बाट आएका उनीहरु १७ दिन क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको आरडीटी परीक्षण गर्दा नेगेटिभ आएपनि स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको लागि सुर्खेत पठाएको छ ।

पीसीआर रिपोर्ट आउदा सम्म घरमै क्वारेन्टाइन बस्ने सहमति पछि आज घर पठाएको हो । घर गएका अधिकाश ११ नम्बर वडाका रहेका छन । उनीहरुको वडा कार्यालयमा सबै विवरण राखिएको छ । रुकुम पश्चिममा अहिले सम्म कुनैपनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार