कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना कोरोना सङक्रमित निको भए

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना कोरोना सङक्रमित निको भए

जेठ २७ काठमाडौ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला बाट मंगलबार १८ जना कोरानो सङक्रमीत निको भएर घर फर्किएका छन् ।

कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्‍वारेन्टाइनमा बसेको बेला कोरोना भाइरस पोजिटिभ देखिएका उनीहरुको मंगलबार गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनीहरु एक सातादेखि अस्पतालको आइसोलेसनमा थिए । उक्त अस्पतालमा अझै ८ जना उपचारार्थ छन् । उनीहरुको अवस्था पनि सामान्य छ ।  तस्बिर : कान्तिपुर दैनिकबाट

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार