डाक्टर केसी दार्चुलामा नि:शुल्क स्वास्थ्य सेवा दिँदै

डाक्टर केसी दार्चुलामा नि:शुल्क स्वास्थ्य सेवा दिँदै

जेठ २८ काठमाडौ

प्रा. डाक्टर  गोविन्द केसी  दार्चुलाका दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीमा पुगेर जनतालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा सेवा दिएका डा. केसी अपिहिमाल गाउँपालिका पुगेका छन्।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्यचौकीमा जनतालाई दुई दिन नि:ल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम रहेको डा. केसीले बताए ।

दार्चुला जिल्लाको अवस्था हेर्दा निकै दयनीय छ । विगत ३ दशकदेखि दार्चुलामा नबौं तहको डाक्टरको दरबन्दी खालिछ । अहिलेसम्म कसैले चासो देखाएका छैनन् । सामान्य बिरामी हुँदा बिरामीले भारतको पिथौरागढ, धनगढी , नेपागन्ज, काठमाडौ धाउनुपर्ने बाध्यता कायमै रहेका बेला डा. गोबिन्द केसीले सेवा प्रदान गर्दा दार्चुलाबासि खुसी भएका छन्।

गाउँमा डाक्टर पुगेर निशुल्क स्वास्थ्य सेवा पाएपछि दुर्गम गाउँका स्थानीय खुसी भएका छन् । डा.केसी शनिबार मार्मा गाउँपालिका पुगेका थिए।आइतबार र सोमबार स्वास्थ्य सेवा प्रदान गरेका केसी मंगलबार दुर्गम गाउँपालिका अपिहिमाल उक्लिएका थिए। अपिहिमालको खण्डेश्वरी स्वास्थ्यचौकीमा दुई दिन निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर गोविन्द केसीले बताए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार