कृषि मन्त्रालयले किसानलाई ४ लाख ५० हजार मेट्रिक टन रासायनिक मल वितरण गर्दै

कृषि मन्त्रालयले किसानलाई ४ लाख ५० हजार मेट्रिक टन रासायनिक मल वितरण गर्दै

जेठ २९ काठमाडौ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष कृषकहरूलाई अनुदानित ४ लाख ५० हजार मेट्रिक टन रासायनिक मल वितरण गर्ने भएको छ।

रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोस्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरणका लागि आवश्यक प्रकृया पुरा भइसकेको मन्त्रालयले जनाएको छ।

तर कोरोना महामारीका कारण १ लाख मेट्रिक टन मल बाटैमा रोकिएको मन्त्रालयले उल्लेख गरेको छ। यति हुँदाहुँदै पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष कुल परिणाममा २५ हजार मेट्रिक टनभन्दा बढी मल आयात र वितरण भइसकेको मन्त्रालयको दावी छ।

रोकिएको मल पनि समयमै आयात गर्ने प्रयास भइरहेको मन्त्रालयको भनाइ छ। रासायनिक मल युरिया, डिएपी र पोटासमध्ये कृषकहरूको रोजाइमा बढी युरियामात्र पर्ने गरेको तर युरियाको प्रयोगले माटोको गुणस्तर बिग्रने हुँदा सबै प्रकारका रसायनिक मल मात्रा मिलाएर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार