चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद पर्ने

चौरजहारी नगरपालिकाले पीसीआर मेसिन खरिद पर्ने

जेठ ३० रुुकम पश्चिम
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जिल्लामै पहिलो पटक सञ्चालन हुने गरी आरटी पिसिआर मेसिन प्रक्रिया अघि बढाइएको छ । चौरजहारी नगरपालिकाले पीसीआर मेसिन सेटअप तथा रिएजेन्ट खरिदसम्बन्धी सूचना प्रकाशन गरेको हो । ३ दिनको म्याद राखेर प्रस्ताव आव्हान गरिएको नगरपालिकाले जनाएको छ ।

पीसीआर मेसिन सेटअपका लागि प्रक्रिया थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । संघ तथा प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएपछि र नगरपालिकाले त्यसको व्यवस्थापन गर्न सक्ने भएपछि प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । उनका अनुसार १ करोड ३५ लाख रुपैयाँमा सामग्री खरिद गर्ने र ल्याब स्थापना गर्ने नगरपालिकाको योजना छ ।

भारतका विभिन्न ठाउँबाट आएकाहरु अहिले क्‍वारेन्टाइनमा बसिरहेका छन् । चौरजहारीले मेसिन खरिद गरेपछि जिल्लाभरिका क्वारेन्टाइनमा बसेकाको पीसीआर परीक्षण गरिनेछ । अहिले जिल्लाभरि झण्डै १ हजार ५ सय जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार