रुकुम घटनाबारे प्रचण्ड भन्छन्,: वास्तवमा मलाई लज्जाबोध भयो

रुकुम घटनाबारे प्रचण्ड भन्छन्,: वास्तवमा मलाई लज्जाबोध भयो

प्रचण्डले मुक्तिका लागि लडाई लडेको केन्द्रविन्दुमै त्यस्तो हुँदा आफूलाई लज्जाबोध भएको बताएका छन् । यस खालको घटना त्यही क्षेत्रमा घट्नु पीडादायी छ । त्यही केन्द्रविन्दु भएर त्यत्रो लडाई गरेको ठाउँमै यस खालको अमनावीय घटना भयो । धेरैले मलाई बोलेन भनेर भनेका छन्। वास्तवमा लज्जाबोध भयो मलाई। त्यही ठाउँमा कसरी भयो भन्ने भयो ।

छानविन समितिलाई आफूले सक्दो सहयोग गर्ने र दोषीलाई कारबाही हुने किसिमले सत्यतथ्य ल्याउनसमेत उनले छानविन समितिलाई आग्रह गरे । भने, तपाईहरु फिल्डमा गएपछि सत्यत्य आउनेछ र दोषीलाई कारवाही हुनेछ । सफलताको शुभकामना । तपाईहरुलाई सहयोग गर्न तत्पर छौं ।

प्रतिनिधि सभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानविनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार