पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाका अध्यक्षको जिप दुर्घटना परी मृत्यु

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाका अध्यक्षको जिप दुर्घटना परी मृत्यु

जेठ ३२ काठमाडौं

जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको  प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको हाे । दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिए पनि अस्पतालले उनको मृत्यु भएको हाे ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना भएको थियो ।

अध्यक्ष शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार