क्वरेण्टीनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

क्वरेण्टीनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

जेठ ३२ काठमाडौ

कैलालीको लम्कीचुहामा क्वरेण्टीनमा बसेकी महिलाले स्वास्थ्यकर्मीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन् ।

लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वरेण्टीनमा बसेकी महिलाले स्वास्थ्यकर्मीले आफूमाथि बलात्कार गरेको बताएकी हुन् ।

ती महिला यही जेष्ठ २० गते गौरीफन्टा नाका हुँदै नेपाल आएर क्वरेण्टीनमा बसेकी थिइन् । गएराति क्वरेण्टीनमा खटिएका एक स्वास्थ्यकर्मी र दुई जना सहयोगीले सवा १२ बजेतिर आफूमाथि बलात्कार गरेको आरोप महिलाले लगाएकी छिन् । आरोपित तीनै जनालाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आज लम्की बजारमा विरोध प्रदर्शन गरेका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार