पछिल्लो २४ घन्टामा नेपालमा ११७ जना कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा ११७ जना कोरोना संक्रमित डिस्चार्ज

 असार २ काठमाडौं

नेपालमा पछिल्लो २४ घन्टामा थप ११७ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ११७ कोरोना निको भएर डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना, आइसोलेसन सेन्टर सरतालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशील कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल वीरगञ्जबाट ३ जना, भीम अस्पताल भैरहवाबाट २६ जना, कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टर मान्माबाट २४ जना, दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारतांग आइसोलेसन सेन्टर दैलेखबाट १ जना, प्रादेशिक अस्पपाल सुर्खेतबाट २ जना रहेका छन् ।

डिस्चार्ज हुनेमा ८ महिला र १०९ पुरुष छन् भने निको हुनेको संख्या १ हजार १५८ रहेको छ। यस्तै हालसम्म कोरोना संक्रमणले १९ जनाको ज्यान गइसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार