रुकुम पश्चिम कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रुकुम पश्चिम कांग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

असार २ काठमाडौ

नेपाली  कांग्रेस रुकुम पश्चिमले सरकारलाई कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि प्रभाकारी भुमिका खेल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम  मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाउदै कांग्रेसले काेेेेेेेेराेना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई प्रभावकारी भूमिका खेल्न समेत आग्रह गरेको हो ।

नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलि लगायत नेता तथा कार्याकर्ता जिल्ला प्रशासन कार्यालयमा पुगेर  प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल मार्फत ज्ञापनपत्र पठाएको हो ।

ज्ञापनपत्र बुझे संगै प्रमुख जिल्ला अधिकारी पौडेलले  आफूले उक्त पत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका थिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार