बर्दियामा घर फर्काइएका २६ जनामा कोरोना संक्रमण

बर्दियामा घर फर्काइएका २६ जनामा कोरोना संक्रमण

असार ३ काठमाडौ

आरडीटी जाँच गरी घर फर्काइएका बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २९ गते क्वारेन्टाइनबाट उनीहरुलाई  घर फर्काइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्दा उनीहरुमा बुधबार बिहान कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमितमध्ये एक जना स्वास्थ्य चौकी प्रमुख हुन् । उनी क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था बुझ्न जाने गरेका थिए । स्वास्थ्य कार्यालय बर्दियाले क्वारेन्टाइनमा रहेका उनीहरुको पीसीआर जाँच नगरेपछि आरडीटी गरी घर पठाइएको थियो । संक्रमण पुष्टि भएका व्यक्तिहरु परिवारसँगै बस्दै आएका थिए ।

योसँगै कोरोना संक्रिमितको संख्या बढैयाताल गाउँपालिकामा ४२ पुगेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार