कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

असार ४ काठमाडौ

कर्णाली प्रदेश अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । यस्तै ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिनमा बसेको छ ।

३१ जेठमा सुर्खेतका एक जना र ३२ जेठमा दैलेखका दुई जना बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । आकस्मिक कक्षमा भर्ना भएका सबै बिरामीको स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दै आएकोमा बुधवार उनीहरु तीनै जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

तीनै जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको नियमित परीक्षण र रेखदेखमा खटिएका स्टाफ नर्स र एचएसहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टिन बस्नु परेको प्रदेश अस्पतालका निर्देशक डा. डमर खड्काले बताए ।

दैलेखका दुई जना विरामीमध्ये एक जना विगत आठ महिनादेखि टिबीको बिरामी थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार